
दुईओटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेइपान्जिङ पुल नदीदेखि ५६५ मिटर माथि रहेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
युनान प्रान्तको छुङवेइदेखि गुइजोउको सुइचेङसम्मको यात्राका लागि यो पुल बनेपछि एकपटकमा चार घन्टाभन्दा बढी समय छिटो हुने सवारीचालकहरुले बताएका छन् ।
‘यी दुई ठाँउमा आवत–जावत गर्नुपर्नेहरुका लागि यो पुल निकै उपयोगी भएको छ’–एक चालकले भने ।
यस पुलले यसअघिको सबैभन्दा अग्लो पुलकारुपमा रहेको सी डु रिभर ब्रिजलाई पनि उछिनेको छ ।
विश्वका अग्ला पुलहरुमध्ये धेरैजसो चीनमै रहेका छन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्