१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


साफ महिला फुटबलः नेपाल अपराजित रहँदै सेमिफाइनलमा


0
Shares

समूहको अन्तिम खेलमा शुक्रबार श्रीलंकालाई १–० ले हराउँदै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

लगातार दुई खेलमा फराकिलो जित हासिल गरेसँगै यसअघि नै सेमिफाइनलमा पुगेको नेपालले श्रीलंकाविरुद्ध भने संघर्ष गर्नुपर्‍यो ।

खेलको अन्तिम समयमा सपना लामाले प्रहार गरेको कर्नर बल श्रीलंकन डिफेन्डरको खुट्टामा लागेर गोलपोस्टको जाली चुमेको थियो ।

पहिलो खेलमा भुटानलाई ८–० ले तथा दोस्रो खेलमा माल्दिभ्सलाई ९–० ले हराएको नेपालले श्रीलंकाविरुद्ध भने शान्त भएर खेलेको हो ।

नेपाल रहेको समूह ‘ए’बाट सेमिफाइलनमा पुग्ने अर्को टिमको छिनोफानो भने भुटान र माल्दिभ्सबीचको शुक्रबारै साँझ हुने खेलबाट हुनेछ ।

श्रीलंका र माल्दिभ्सले एक–एक खेल जितेका अवस्थामा जितविहीन भुटान भने लगभग बाहिरिएको अवस्था छ ।

यसअघिका तीन संस्करणको फाइनलमा भारतसँगै हार्दै उपविजेतामा सीमित बनेको नेपाली महिला फुटबल टोली योपटक भने ऐतिहासिक उपाधिसहित घर फर्कने लक्ष्यमा छ ।