१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


क्रिकेटमा सशस्त्रले जित्यो स्वर्ण, प्रतियोगितामा कप्तान पारसको सर्वाधिक रन


0
Shares

शुक्रबार विराटनगरमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४९ रनले पराजित गर्दै सशस्त्रले स्वर्णपदक जितेको हो ।

पहिले ब्याटिङ गरेको सशस्त्रले निर्धारित् २० ओभरमा ९ विकेटको क्षतिमा १२१ रन बनायो ।

सशस्त्रका कप्तान पारस खड्काले ३८ बलमा सर्वाधिक ३३ रन बनाएको इनिङमा भुवन कार्कीले १२ बलमा अविजित रहँदै २४ रन जोडे ।

आर्मीका सोमपाल कामी, विक्रम सोब र चन्द्र साउदले समान २/२ विकेट लिए ।

जवाफमा आर्मीले १७ ओभर ४ बलमा अलआउट हुँदै ७२ रनमात्र जोड्न सक्यो ।

नरेश बुढाऐरलेमात्र दोहोरो अंक जोड्नेक्रममा १७ रन बनाएको इनिङमा सशस्त्रका भुवन कार्कीले ११ रन खर्चेर ४ विकेट लिए ।

प्रतियोगितामा नेपाल पुलिस क्लबले कास्यपदक जितेको छ ।

शुक्रबारै तेस्रो स्थानका लागि भएको खेलमा पुलिसले मध्यमाञ्चललाई ३३ रनले पराजित गर्‍यो ।

प्रतियोगिताभर सशस्त्रका कप्तान पारस खड्काले सर्वाधिक १८४ रन जोडे भने पुलिसका ललित भण्डारीले सर्वाधिक १२ विकेट लिए ।