२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विराटनगरमा खाद्यमेला सुरु


0
Shares

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजनामा विराटनगरको हाटखोला मैदानमा दुईदिने खाद्यमेला आयोजना भएको हो ।

मेलामा देशका विभिन्न क्षेत्रमा उपलब्ध हुने पोसिला खाद्य परिकारका ६० ओटा स्टल राखिएको छ ।

पोसिला परिकारको उपभोग बढाउन र अल्पप्रचलनमा रहेका पोसिला पदार्थहरूको महत्व बुझाउन मेला आयोजना गरिएको जनाइएको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी, इलामलगायतका जिल्लाका स्टल रहेको मेलामा ५० लाख बराबरको कारोबार हुने विश्वास लिइएको छ ।

मेलाको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सन्जीवकुमार कर्णले उद्घाटन गरेका थिए ।