२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


शनिबारदेखि भारतबाट थप ४० मेगावाट बिजुली आउँदै


0
Shares

                                                                             फाइल फोटो

देशभर लोडसेडिङमुक्त बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतको मुज्जफपुर–ढल्केबर अन्तरदेशीय प्रसारणलाइनबाट थप बिजुली आयात गर्न लागेको हो ।

यो बिजुली थप भएपछि भारतबाट विद्युत् आयात बढेर ३ सय ५५ मेगावाट हुने प्राधिकरणले जनाएको छ ।

लोडसेडिङ हटाउन प्राधिकरणले भारतबाट ५ सय ६० मेगावाटसम्म विद्युत् आयातको तयारी गरेको छ ।

अघिल्लो साता थप विद्युत् आयात गर्ने विषयमा दुई मुलुकका सरकारी संस्थाबीच भारतमा विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएको थियो ।