
समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंहले छोरा अखिलेश र भतिजा राम गोपाललाई पार्टी सिध्याउने खेलमा लागेको आरोप लगाउँदै पार्टीबाट निकालेका हुन् ।
अखिलेशको ठाउँमा पार्टीले अब नयाँ मूख्यमन्त्री चयन गर्ने मुलायमले बताएका छन् ।
मुलायमसिंहले भतिजा रामगोपाल उत्तर प्रदेश विधान सभा चुनाव अगाडि पार्टीलाई कमजोर पार्ने काममा लागेको र अखिलेशले पनि उनलाई समर्थन गरेकाले उनीहरुलाई पार्टीबाट निकाल्नु परेको बताएका छन् ।
रामगोपालले आगामी विधान सभा चुनावमा पार्टीका उम्मेद्वार चयन गर्न जनवरी १ तारिखमा पार्टीको राष्ट्रिय सम्मेलन बोलाएपछि क्रूद्ध भएका मुलायमसिंहले दुबैलाई कार्वाही गरेका हुन् ।
मुलायमसिंहले पार्टी अध्यक्षबाहेक अरु कसैलाई पनि राष्ट्रिय सम्मेलन डाक्ने अधिकार नभएको जिकीर पनि गरेका छन् ।
रामगोपालले बोलाएको पार्टीको राष्ट्रिय सम्मेलनलाई अखिलेशले समर्थन गरेकाले उनीहरुलाई पार्टीबाट निकाल्नु परेको मुलायमले बताएका छन् ।
आफूले धेरै दुःख गरेर पार्टीलाई यो अवस्थासम्म ल्याएकाले यसलाई समाप्त हुन नदिने पनिमुलायसमसिंहले बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्