२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अब सबै सरकारी ठेक्कापट्टा एउटै वेबसाइटबाट


0
Shares

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आइतबार राजधानीमा आयोजित कार्यक्रममा एकल पोर्टलमा आधारित विद्युतीय खरिद प्रणाली ‘डब्लुडब्लुडब्लु डट बोलपत्र डट जीओभी डट एनपी’को उद्घाटन गरेका हुन् ।

यो पोर्टलको उद्घाटनसँगै सरकारले अब सबै सेवाको खरिद तथा ठेक्कापट्टा एकीकृतरुपमा यो प्रणालीबाट गर्ने बताइएको छ ।

कार्यक्रममा मन्त्री लेखकले यो प्रणालीको प्रयोगले सरकारी निकायहरुमा आर्थिक पारदर्शीताको सुनिश्चितता र आर्थिक अनुशासन कायम गर्दै सुशासनको प्रत्याभूति दिने विश्वास व्यक्त गरे ।