२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चारओटा विकास बैंक गाभेर एनसीसी बैंकले गर्‍यो एकीकृत कारोबार सुरु


0
Shares

समस्याग्रस्त घोषित भएपछि राष्ट्र बैंकको व्यवस्थापनमा रहेको बैंकले एपेक्स डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेसनल डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंकलाई गाभेको हो ।

एकीकृत कारोबारको आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरे ।

मर्जपछि बैंकको चुक्तापुँजी चार अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार अर्यालले सन्चित नाफाबाट वानेस सेयर वितरण गरी चुक्तापुँजी बढाउने बताए ।

मर्जपछि पनि बैंकले ८ अर्ब पुँजी पुर्‍याउन अझै दुई अर्ब ३४ करोड रुपैयाँ थप्नुपर्ने छ ।

मर्जरपछि बैंकको निक्षेप ५४ अर्ब ३७ करोड र कर्जा लगानी ४८ अर्ब ६२ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

कार्यक्रममा गभर्नर नेपालले धितोमा अनावश्यक मूल्यांकन नगर्न, जथाभावी कर्जा लगानी नगर्न सचेत गराउँदै सन्चालक समितिलाई पनि अनावश्यक हस्तक्षेप नगर्न सुझाव दिए ।

राष्ट्र बैंकको निर्देशन नमान्दा बैंक समस्यामा परेको स्मरण गराउँदै केन्द्रीय बैंकको निर्देशन पालना गर्दै पारदर्शीरुपमा वित्तीय कारोबार गर्न बैंकलाई आग्रह गरे ।