Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


चोरद्वारा एकको हत्या


0
Shares

आइतबार राति १२ बजे शरीर र अनुहारमा मोबिल दलेर सखुवाको आग्लो बोकेर रिक्सामा पेट्रोलपम्प पुगेका ती डाँकाले पम्पमा रहेका पुष्पप्रसाद सिग्देललाई ढोका खोल्न दबाब दिएपछि उनी ‘अब मरिने भइयो’ भनेर छतमा चढी हामफालेर ‘चोर–चोर’ भन्दै भागेपछि गाउँले पम्पतिर आउँदा ती चोरले गुरुङलाई प्रहार गरेका थिए ।

डकैती समूहले प्रहार गरेर गम्भीर घाइते भएका गुरुङलाई तत्काल उपचारका लागि नोबेल मेडिकल कलेज पुर्‍याइ सघन उपचार कक्षमा उपचार गरिएको भएपनि उनलाई बचाउन सम्भव नभएको बताइएको छ ।

यसैगरी, डकैती गर्न आएकामध्ये आफूलाई झापा, जलथल निवासी भूपेन्द्र गिरी नाम बताउनेको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

स्थानीय गाउँलेले चारैतिर घेरेर कुटपिट गरिएका ती डकैती समूहका गिरी थर बताउनेको अवस्था पनि चिन्ताजनक रहेको प्रहरी निरीक्षक, मेघराज थापाले जानकारी दिए ।

पम्पमा भएको त्यो घटनामा प्रहरी ढिलो आएको र प्रहरीले स्थानीयवासीसँग रुखो व्यवहार गरेको भन्दै स्थानीयवासीले दुलारी सडकखन्डमा चक्काजामसमेत गरेका छन् । रासस