
राज्य राजधानी र सहरकेन्द्रित हुँदा गाउँ समृद्ध हुन नसकेको र गाउँ समृद्ध नभइ राज्य समृद्ध हुन नसक्ने उनले उल्लेख गरे ।
राज्यलाई लक्षित समुदायसम्म पुर्याउन सन्चारमाध्यम र पत्रकारले ठूलो भूमिका निर्वाह गर्नसक्ने भएकाले यसतर्फ केन्द्रित हुन पनि उनले आर्थिक पत्रकारहरुलाई आग्रह गरे ।
सोमबार गरिबी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा पत्रकारहरुलाई पुरस्कृत गर्नेक्रममा उनले उक्त जोड दिएका हुन् ।
गरिबी निवारणसँग सम्बधित उत्कृष्ट समाचार तथा फिचर लेखहरुलाई पुरस्कृत गर्ने उद्देश्यले गरिबी निवारण कोषले नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सहकार्यमा चार वर्षअघि यो पुरस्कार स्थापना गरेको हो ।
जनही ४० हजार रुपैयाँ राशिको यो पुरस्कारबाट यस वर्ष छापामाध्यम विधातर्फ पत्रकार भूषण यादव, विद्युतीयतर्फ विद्या राई र मोफसलका छापामाध्यमतर्फ राकेशप्रसाद चौधरीलाई पुरस्कृत गरियो ।
सो अवसरमा कोषका उपाध्यक्ष युवराज पाण्डेले कोषको कार्यक्रम र वितरण प्रणालीलाई सुधार गरी गरिबी निवारणका क्षेत्रमा लगानी बढाउन जरुरी रहेकोमा जोड दिएका थिए
प्रतिक्रिया दिनुहोस्