१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


तीन छोरीलाई विष खुवाएर आत्महत्या गरिन गुन्द्रु देवीले


0
Shares

विष सेवनबाट पिपरिया गाविस–३ की रामाधार पण्डितकी श्रीमती ३० वर्षीया गुन्द्रु देवी र १० वर्षीया छोरी चन्दा कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि मलंगवा लाने क्रममा बाटोमै मृत्यु भएको हो । विष सेवनबाट गुन्द्रु देवीकी १३ वर्षीया छोरी पूजा र तीन वर्षीया छोरी राधा बिरामी परेका छन् ।

उनीहरुको मलंगवामा उपचार हुन नसकेपछि वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । गरिवीका कारण गुन्द्रु देवीले आफूसहित छोरीहरुलाई विष सेवन गराएको खुल्न आएको प्रहरीले जनाएको छ ।

मृतक गुन्द्रुदेवीका श्रीमान रामाधार पण्डितले गाउँघरमा ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका थिए ।