१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


इजरायलमा प्रहरीले प्रधानमन्त्रीसँग लियो बयान


0
Shares

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग प्रहरीले उनीमाथि लागेको भ्रष्टाचार आरोपको विषयमा सोधपुछ गरेको हो ।

इजरायलको न्याय मन्त्रालयका अनुसार भ्रष्टाचार आरोपको छानबिनका लागि प्रहरीले प्रधानमन्त्री नेतन्याहुसँग सोधपुछ गरेको हो ।

प्रधानमन्त्री नेतन्याहुले व्यावसायीबाट ठूलो मात्रामा आर्थिक लाभ लिएको आरोप लागेको छ । यसबारे विस्तृत विवरण भने दिइएको छैन ।

अनुसन्धाकर्ताले प्रधानमन्त्रीसँग उनकै घरमा गएर सोधपुछ गरेका हुन् । नेतन्याहुले भने सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको जिकीर गरेका छन् ।

जेरुसेलमस्थित नेतन्याहूको घरमा तीन घण्टासम्म सोधपुछ गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)