पाल्पाली जुत्ताले बजार पायो, पर्यटकले मन पराए « Image Khabar


पाल्पाली जुत्ताले बजार पायो, पर्यटकले मन पराए


Imagekhabar
१९ पुष २०७३, मंगलवार १३:२०

विद्यार्थी, कर्मचारी र आन्तरिक पर्यटकले समेत पाल्पामा उत्पादन गरिएका जुत्ता मन पराएपछि जुत्ता व्यवसायसमेत बढेको छ ।

सस्तो, राम्रो र बलियो भएकाले उपभोक्ताको रोजाइमा स्थानीय जुत्ता परेको हो । अहिले तानसेन बजारमा मात्रै जुत्ता उत्पादन गर्ने १३ वटा कारखाना छन् ।

पाल्पामा ४ सयदेखि ४ हजार रुपैयाँसम्मका जुत्ता उत्पादन हुँदै आएका छन् । आधुनिक जुत्ता बनाउने तालिम लिएपछि आफूहरुले पनि सोही अनुसारका जुत्ता उत्पादन गरेका कारण पनि राम्रो बजार पाएको व्यवसायीहरु बताउँछन् ।

पाल्पामा उत्पादित जुत्ता गुल्मी, स्याङ्जा र अर्घाखाँचीमा समेत निकासी गर्ने गरेको व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्