 
	    पक्राउ पर्नेमा झापाको शरणामती, टेक्रा र सुरुंगा क्षेत्रका बासिन्दा छन् ।
विद्युत् प्रसारणलाइनमा तार जोडेर मोटर चलाइरहेको र घरमा जोडिएको मिटरबाट विद्युत् बाइपास गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्राधिकरण अनारमनी केन्द्रका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरीसहितको टोलीले उनीहरुका साथबाट दुई र तीन हर्स पावरका दुई–दुईओटा पानी तान्न प्रयोग गरिएका ठूला मोटर र घरमाजडित केही थान मिटरसमेत बरामद गरेको छ ।
अभियुक्तलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा राखिएको छ ।
रातको समयमा विद्युत् चोरी गरी मकै र गहुँमा सिँचाइ गर्दागर्दै उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।
पछिल्लो समय प्राधिकरणले विद्युत् चोरीमा संलग्न एक सय सातजनालाई पक्राउ गरी कारबाही गरेको छ ।
अभियुक्तलाई विद्युत् चुहावट नियन्त्रण ऐन, २०४९ अनुसार कारबाही गरिने बताइएको छ ।
सिंहकाअनुसार विद्युत् चोरीमा संलग्नमध्ये खपतको अवस्था हेरेर रु तीन हजारदेखि दुई लाख पाँच हजारसम्म जरिवाना हुने व्यवस्था छ ।
यसअघि, विद्युत् चोरी गरेर राइसमिल सन्चालन गर्ने खुदुनाबारीका एक व्यक्तिलाई रु दुई लाख पाँच हजार जरिवाना गरिएको प्राधिकरण प्रमुख सिंहले जानकारी दिए । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्