१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


शीतलहरले तराईको जनजीवन प्रभावित


0
Shares

बिहान र बेलुकाको समयमा शीतलहर र चिसो कुहिरोका कारण धनुषा, बारा, पर्सा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, सिन्धुलीलगायतका जिल्लाको जनजीवन प्रभावित भएको हो ।

यी जिल्लामा चार दिनदेखि शीतलहर चलेको छ । चिसो बढेसँगै सडकमा चहल–पहल निकै घटेको छ । बाक्लो हुस्सुको कारण सडकमा दुर्घटनासमेत बढ्दै गएको प्रहरीले जनाएको छ ।

चिसोबाट विपन्न समुदाय बढी प्रभावित भएका छन् । चिसो छल्न सर्वसाधारण ठाउँठाउँमा आगो बालेर बस्न थालेका छन् ।

अत्याधिक चिसोकै कारण निमोनिया, दम, झाडापखाला लगायतका बिरामीको संख्या पनि निकै बढेको छ । अस्पतालहरुमा बिरामीको चाप बढेसँगै उपचारमा समस्या हुन थालेको छ ।