२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बाटोमा हिँड्दै गर्दा जंगलीहात्तीको आक्रमण, वृद्धको मृत्यु


0
Shares

मृत्यु हुनेमा साग्फारा–२ का ८४ वर्षीय जयबहादुर लिम्बू रहेको मधुमल्लास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेश वान्तवा राईले जानकारी दिए ।

लिम्बूलाई शुक्रबार बिहान आफ्नै घरअगाडिको बाटोमा हिँड्दै गर्दा जंगलीहात्तीले आक्रमण गरेको थियो ।

गम्भीर घाइते भएका उनलाई उर्लाबारीस्थित अरनिको अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजानेक्रममा शुक्रबार दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । रासस