
शुक्रबार भएको अन्तिम सेमिफाइन खेलमा इलाभेन एरोज क्लब दुहबी–सुनसरीलाई १—० ले हराउँदै ताप्लेजुङ उपाधिनजिक पुगेको हो ।
ताप्लेजुङलाई जिताउन खेलको ३०औं मिनेटमा विदेशी खेलाडी सेगुनले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
सुनसरीका सौजन्य राई खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
ताप्लेजुङले अब पुस २४ गते हुने फाइनलमा बिर्तामोड युनाइटेड क्लब झापासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
नेपाल भारत र भुटान गरी १० टिम सहभागी प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार हात पार्नेछन् ।
प्रतिक्रिया दिनुहोस्