
शनिबार काठमाडौंको बाँसबारीस्थित चौर रिक्रियसनल सेन्टरमा भएको फाइनल खेलमा सामाखुसी फुटसललाई ३–२ ले पराजित गर्दै शंखमूलले उपाधि जितेको हो ।
खेलमा शंखमूलका लागि शेरबहादुर थापामगरले २ गोल गर्दा सन्जोग चाम्लिङ राईले १ गोल थपे ।
सामाखुसीका लागि नवीन लामा र शौरभ मगरले १–१ गोल गरे ।
एमए इभेन्ट्सको आयोजनामा पहिलोपटक भएको प्रतियोगिताको उपाधि जितेको शंखमूल फुटसलले १० लाख रुपैयाँ हात पारेको छ ।
उपविजेता बनेको सामाखुसीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
उपाधि विजेता टोलीलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्