
बाबर–३ नाम दिइएको उक्त मिसाइलको सफल परीक्षण गरिएको दावी पाकिस्तानी सेनाले गरेको हो । छिमेकीको परमाणु रणनीतिलाई ख्याल गरेर आफूहरुले पनि मिसाइल बनाइएको तर्क पाक सेनाले गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले यस सफलताका लागि रक्षा वैज्ञानिकहरुलाई बधाई दिँदै यो ऐतिहासिक क्षण भएको बताएका छन् ।
पाकिस्तानसँग समुन्द्रबाट प्रहार गर्न सक्ने परमाणु क्षमतायुक्त मिसाइल यसअघि थिएन । बाबर–३ को क्षमता ४५० किलोमिटरसम्म प्रहार गर्ने रहेको बताइएको छ ।
निकै नै खतरनाक मानिने यस्ता मिसाइल पनडुब्बीमा लुकाएर राखिने गरिन्छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्