विश्व एक भएर जलवायु परिवर्तनको सामना गर्नुपर्छ : राष्ट्रपति « Image Khabar


विश्व एक भएर जलवायु परिवर्तनको सामना गर्नुपर्छ : राष्ट्रपति


Imagekhabar
२६ पुष २०७३, मंगलवार १९:४९

जैविक विविधता, जलवायु परिवर्तन तथा जीवन उपयोगितासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको मंगलबार राजधानीमा उद्घाटन गर्दै उनले एक देशलेमात्रै जलवायु परिवर्तनले पारेको असरको सामना गर्न नसक्ने बताइन् ।

अप्रत्याशित मानवको क्रियाकलाप नै जलवायु परिवर्तनको प्रमुख कारक रहेको भन्दै उनले यसले आममानिसको जीविकोपार्जनमा समस्या आएको बताइन् ।

जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले जलवायु परिवर्तनले सबैभन्दा बढी असर नेपालजस्ता मुलुकमाथि परेको बताए ।

तीनदिने सम्मेलनमा जैविक विविधता, जलवायु परिवर्तन तथा जीवन उपयोगितासम्बन्धी तीन सयओटा कार्यपत्र प्रस्तुत् हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्