२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मेसिनमा चेपिएर भारतीय मजदुरको मृत्यु


0
Shares

मंगलबार राति करिब ९ बजेको समयमा उद्योगमा किसानले ल्याएका उखु अनलोड गर्ने क्रममा किरान भनिने अनलोडर मेसिनले च्यापेर भारतको बेतिया घर भएका २२ वर्षीय मल्लु तिवारी नामका मजदुरको मृत्यु भएको हो ।

घटनाको इलाका प्रहरी कार्यालय गौशालाले पुष्टि गरेको छ । मजदुर तिवारीको चेपिएर क्षतविक्षत् भएको शव घटनास्थलको प्रकृति मुचुल्का उठाएर शवपरीक्षणका लागि जलेश्वर अस्पताल लगिएको इप्रका गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए ।

यसैबीच, एभरेस्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजको अखिल नेपाल औद्योगिक मजदुर सङ्घका अध्यक्ष देवनारायण महतोले मृतक मजदुरका परिवारलाई रु १० लाख क्षतिपूर्ति दिन र उनका आश्रित परिवारजनलाई रोजगारी दिन माग गरेका छन् । (रासस)