२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली बर्खास्त, डा. पोखरेललाई पुनः जिम्मेवारी


0
Shares

                                                             फाइल तस्वीर

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्यकारी अधिकृत ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले पुनर्निर्माण प्राधिकरणको कामप्रति असन्तुष्टि जनाउँदै ज्ञवालीसँग दुई पटक स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै सरकारले बर्खास्त गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले प्राधिकरणको नयाँ प्रमुख कार्यकारी अधिकृतमा डा. गोविन्द पोखरेललाई नियुक्त गरेको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी अधिकृत डा. पोखरेल भूकम्पपछिको पुनर्निर्माणमा सशक्त काम गरेका एकजना मुख्य योजनाविद् हुन् ।

यसैगरी मन्त्रिपरिषद् बैठकले राष्ट्रिय बिदाका बारेमा अध्ययन गरी यकिन प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।