
रुससँग आफ्ना विरुद्ध निकै गोप्य र खतरनाक प्रमाणहरु रहेको भन्ने सूचना सार्वजनिक गराइएको भन्दै उनले आफ्नै देशका जासूसी संस्थाहरुविरुद्ध आक्रोश व्यक्त गरेका हुन ।
रुससँग ट्रम्पको विरुद्धमा आपत्तिजनक जानकारी भएको भन्ने जस्ता सूचना चुहाउन पनि जासूसी निकायहरुकै हात रहेको हारोप उनले लगाए ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले ती कागजातहरु पूरै झूठो रहेको जिकीर गरे ।
ट्रम्प वेश्याहरुसँग रहेको अवस्थाको भिडीयो र अरु कारोबार बारेका गोप्य जानकारी रुससँग रहेको खबर बाहिर आएपछि ट्रम्पले पत्रकार सम्मेलन गर्दै ती सबै झूठा रहेको जिकीर गरेका हुन् ।
जासूसी संस्थाहरुबाटै यस्ता झूठपूर्ण प्रचार गरिनु शर्मनाक भएको उनको भनाइ छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्