२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पुस्तकालयमा गएर धेरै पुस्तक अध्ययन गर्ने विद्यार्थीलाई सम्मान


0
Shares

कुहुँ गाविस–८ थाईवाङमा वर्षभरि पुस्तक अध्ययन गरेका विद्यार्थीको रेकर्डका अधारमा पुरस्कृत गर्ने प्रचलन सुरुवात गरिएको हो ।

विद्यालयमा प्राथमिक तहका विद्यार्थीले एक वर्षमा सामान्यतः १०० पुस्तकसम्म पढ्ने गरेको पाइएको छ । विद्यार्थीलाई स्टेसनरी सामग्री र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

पुस्तकालयले शैक्षिक गुणस्तर वृद्धिका साथै विद्यार्थीको पठनस्तरमा समेत सुधार ल्याउन थालेपछि कमजोर मानिएका विद्यार्थीलाई समेत नियमित पुस्तकालय जाने हौसला मिलेको विद्यालयकी प्रधानाध्यापक देवी पुर्जाले बताए ।