
काठमाडौं, असार २२ । काठमाडौंको नयाँबजार क्षेत्रमा मरेका कुखुरा बेच्दै हिँडेको सूचनाका आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
बा१७च १२३६ नम्बरको पिकअप भ्यानमा मरेका कुखुरा बेच्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले चालक चन्द्रबहादुर अधिकारी, सहचालक अनिष दोङ र कुखुरा व्यापारी हिमाल बर्तौलालाई पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले गाडीमा १७० ओटा मरेका बोइलर कुखुराहरु फेलापारेको प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।
पक्राउ परेका तीनैजनालाई कालोबजारी ऐनअनुसार कारबाही गरिने बताइएको छ ।
प्रहरीको अनुसन्धानबाट निजहरुले उक्त कुखुराहरु हेटौंडाबाट ल्याइ चिनजानका होटलमा बिक्री–वितरण गर्दै हिँडेको बुझिएको छ । मरेका कुखुराहरुको तौल ३२५ किलो रहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्