इङ्गलिस प्रिमियर लिगमा आज आठ खेल हुने « Image Khabar


इङ्गलिस प्रिमियर लिगमा आज आठ खेल हुने


Imagekhabar
१ माघ २०७३, शनिबार १३:३०

प्रतियोगिता अन्तर्गत नेपाली समय अनुसार बेलुकी सबा ६ बजे टोटनहाम हट्स्परले वेष्टब्रमविच आल्बियनसँग खेल्ने छ ।

यस्तै, पौने ९ बजे बर्नले र साउथहाम्पटन, हलसिटी र बर्नमाउथ, सण्डरल्याण्ड र स्टोक सिटी, स्वान्सी सिटी र आर्सनल, वाटफर्ड र मिडल्सब्रो तथा वेष्टहाम युनाइटेड र क्रिष्टल प्यालेस भिड्ने छन् ।

प्रिमियर लिग अन्तर्गत आजै राती सबा ११ बजे हुने खेलमा लेष्टर सिटीले घरेलु मैदानमा चेल्सीको सामना गर्ने छ ।

जारी प्रिमियर लिग फुटबलमा २० औ चरणका खेलहरु सकिदा सम्म ४९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ ।

यस्तै, ४४ अंक जोडेको लिभरपुल दोस्रो, समान ४२ अंक जोडेका टोटनहाम र म्यान्चेष्टर सिटी क्रमशः तेस्रो तथा चौथो र ४१ अंक जोडेको आर्सनल पाँचौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्