रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम « Image Khabar


रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम


Imagekhabar
३ माघ २०७३, सोमबार ०७:५८

गएरातिको खेलमा रियलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । तर ८४ औं मिनेटमा सर्जियो रामोसले आत्माघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो । यसपछि ईन्जुरी समयमा सेभियाका जोभेटिचले एक गोल थप्दै टोलीलाई विजयी गराए ।

यो हारपछि जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियल मड्रिडले दोस्रो स्थानको सेभिया र तेस्रो स्थानको बार्सिलोनासँग अंक दुरी बढाउने अवसर गुमाएको छ । लिगमा १७ खेलबाट ४० अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा छ । एक खेल बढी खेलेको सेभिया ३९ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको बार्सिलोनाको ३८ अंक छ ।

यसअघि रियल मड्रिडले लगातार ४० खेलसम्म अपराजित रहँदै स्पेनिस लिग फुटबलमा नयाँ कीर्तिमान राखेको थियो । त्यसअघि लगातार ३९ खेलसम्म अपराजित रहादै बार्सिलोनाले यो कीर्तिमान राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्