ब्राजिलको कारागारमा भएको झडपमा मृत्यु हुनेको संख्या २१ पुग्यो « Image Khabar


ब्राजिलको कारागारमा भएको झडपमा मृत्यु हुनेको संख्या २१ पुग्यो


Imagekhabar
३ माघ २०७३, सोमबार ११:४२

उत्तरपूर्वी शहर नाटालमा रहेको त्यस क्षेत्रकै ठूलो एलकाकुज कारागारमा कैदीबन्दीबीच झडप भएको हो । कारागारमा रहेका दुई समूहबीच झडप हुँदा २१ जना मारिएको अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलका विभिन्न आतंकवादी गतिविधिमा संलग्न भएको अभियोगमा सजाय भोगिरहेका कैदीहरुले अरु काण्डमा मुछिएका कैदीमाथि आक्रमण गरेपछि झडप भएको हो ।

क्षमताभन्दा बढी कैदीबन्दी रहेको ब्राजिलका विभिन्न कारागारमा यो वर्षमात्र तेस्रो पटक झडप भएको हो ।

यो वर्षको शुरुवातमै ब्राजिलको एमाजोनास र रोराईमा राज्यको कारागारमा भएको झडपमा एक सयजना मारिएका थिए ।

यसैबीच ब्राजिल सरकारले थप पाँचवटा कारागार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्