१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


कान्तिपुरले जित्यो मिडिया कप


0
Shares

मंगलबार दशरथ रंगशालामा भएको फाइनलमा ईमेज च्यानललाई ‘टाइब्रेकर’मा ५–४ ले हराउँदै कान्तिपुरले उपाधि जितेको हो ।

निर्धारित् ६० मिनेटको खेलमा दुबैतर्फ १–१ गोलको बराबरी भयो । खेलको सुरुआतमै सुनील ताम्रकारले एकल प्रयासमा गोल गर्दै ईमेजलाई प्रारम्भिक गोल दिलाए ।

तर, खेलको अन्त्यतिर कान्तिपुरका सन्तकुमार श्रेष्ठले फ्रिकिकमा गोल फर्काएपछि १–१ गोलको बराबरी भयो । त्यसपछि थपिएको १५ मिनेटको खेलमा दुबैतर्फ गोल नभएपछि टाइब्रेकरमा निर्णय भएको हो ।

सेमिफाइनलमा एपी वान टेलिभिजनलाई पराजित गर्दै ईमेज च्यानल र रेडियो नेपाललाई हराउँदै कान्तिपुर फाइनलमा पुगेको थियो ।

मिडिया कपको उपाधिमा ह्याट्रिक गरेको कान्तिपुरले ५० हजार तथा उपविजेता ईमेजले २५ हजार रुपैयाँ जितेको छ ।

ईमेज च्यानल दुईपटकको विजेता हो ।

ईमेज च्यानलका देवेन्द्र महर्जन प्रतियोगिताका उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् ।

७ टिमले सहभागिता जनाएको प्रतियोगिताको ‘फेयर प्ले’को उपाधि भने रेडियो नेपालले जितेको छ ।