Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


२६ सांसदद्वारा शपथग्रहण कार्यक्रम बहिस्कारको घोषणा, युरोपमा ट्रम्पको आलोचना


0
Shares

अमेरिकामा दुई सदनात्मक व्यवस्थापिका (संसद)लाई राष्ट्रिय कांग्रेस भनिन्छ ।

तल्लो सदन (प्रतिनिधि सभा) र माथिल्लो सदन (सिनेट)समेत गरी यसको दुबै सदनमा सदस्यसंख्या जम्मा ५३५ रहेको छ ।

अस्तिमात्र अमेरिकी नागरिक आन्दोलनका अगुवा, डेमोक्र्याटिक पार्टीका एक सम्मानित सदस्य जोन लुइसले नवनिर्वाचित ट्रम्प वैधानिक राष्ट्रपति नभएको धारणा राखेपछि ट्रम्पले उनको चर्को आलोचना गर्दै सिंगो डेमोक्र्याटिक पार्टीलाईसमेत तथानाम गाली गरेका थिए ।

यसको कडा प्रतिवादस्वरुप २६ जना डेमोक्र्याट कांग्रेस सदस्यहरुले सो औपचारिक शपथग्रहण समारोह बहिस्कार गर्ने बताएका हुन् ।

यसैबीच, नवनिर्वाचित डोनाल्ड ट्रम्पले बेलायती र जर्मनी पत्रिकाहरुलाई अन्तर्वार्ता दिँदै बेलायतले युरोपेली संघ त्याग गर्नेबारे गरेको पूर्वनिर्णयको प्रशंसा गर्दै अन्य देशले पनि त्यसैगरी विस्तारै युरोपेली संघ त्याग गर्दै जाने विश्वास व्यक्त गरेका थिए ।

साथै, ट्रम्पले जर्मनीकी चान्सलर एन्जेला मर्कलको ठूलो संख्याका बाहिरिया शरणार्थीलाई जर्मनीमा स्वागत् गर्ने नीतिको तीव्र आलोचना गरेका थिए ।

उनको यस्ता अभिव्यक्तिहरु बर्लिन र पेरिसले पटक्कै रुचाएनन् । तत्कालै प्रतिक्रिया व्यक्त गर्दैै चान्सलर मर्केलले ‘युरोपेलीहरुको भाग्य आफ्नै हातमा’ रहेको बताइन् ।

साथै, युरोपेली बलिष्ठ एकता नै ट्रम्पलाई गतिलो जवाफ हुने पनि बताइन् ।

यस अतिरिक्त, ट्रम्पले व्यक्त गरेका ‘ब्रेक्जिट’को प्रतिक्रियास्वरुप चान्सलर मर्केल र र फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलाँदले युरोप आफ्नो मूल्य तथा मान्यताबाट निर्देशित हुने भन्दै आफ्नो मार्ग तय गर्न बाहिरिया उपदेशको आवश्यकता नरहेको टिप्पणी गरेका छन् । रासस/सिन्ह्वा