१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


आर्मीलाई हराउँदै पुलिस रुस्लान कप क्रिकेट च्याम्पियन


0
Shares

मंगलबार कीर्तिपुर मैदानमा भएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित् २० ओभरमा ६ विकेट गुमाउदै १४२ रन बनायो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४० तथा राजेश पुलामीले ३८ रन जोडे ।

यस्तै, नरेश बुढाएरले २८ तथा अनिल मण्डल र सोमपाल कामीले समान १५ रन जोडे । 

पुलिसका ललितसिंह भण्डारी र कुशल भुर्तेलले २–२ विकेट लिए भने मन्जित श्रेष्ठ र ललित राजवंशीले १–१ विकेट झारे ।

जवाफमा पुलिसले १९ ओभरमा ६ विकेट गुमाउँदै विजय हासिल गर्‍यो ।

पुलिसलाई लगातार दोस्रोपटक प्रतियोगिताको च्याम्पियन बनाउन दीपेन्द्रसिंह ऐरीले ४२ तथा कुशल भुर्तेलले ३४ रन जोडे । यस्तै, दिलीप नाथले २४ तथा योगेन्द्रसिंह कार्कीले ११ रनको योगदान गरे ।

आर्मीका जितेन्द्र मुखिया र विक्रम शोबले २–२ विकेट लिए ।

उपाधिसँगै पुलिसले ३ लाख तथा उपविजेता आर्मीले २ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।