
सहरको पूर्वी क्षेत्रस्थित रेलवे लिकमा एक समूहले शनिबार सेल्फी लिइरहेको थियो । यसक्रममा आफूतर्फ आइरहेको रेलअगाडि सेल्फी लिन खोज्ने समूहका दुई किशोरीको मृृत्यु भएको बताइएको छ ।
ती किशोरी रेल आइरहेकोबेला लिकबाट बाहिर निस्कन नसकेपछि उनीहरुलाई रेलले किचेको थियो ।
भारतको मुम्बईमा प्रहरीले सहरका १५ स्थानलाई सेल्फी लिन ‘खतरनाक’ स्थानकोरुपमा सुचित गरेको छ ।
गत वर्षको एक अध्ययनले विश्वमा सेल्फीकाक्रममा मृत्यु हुनेमा भारतमा सबैभन्दा बढी रहेको देखाएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्