
अष्ट्रेलियाको मेलबर्नमा जारी प्रतियोगिता अन्तर्गत पहिलो चरणको खेलमा जर्मनीका फ्लोरियन मेयरलाई हराँउदै नदाल दोस्रो चरणमा उक्लेका हुन् । मेयर विरुद्धको खेल नदालले ६-३, ६-४ र ६-४ को सेटमा जिते ।
पहिलो चरणकै अर्को खेलमा स्पेनका फर्नान्डो भर्डास्कोलाई ६-१, ७-६ र ६-२ ले हराँउदै सर्वीयाका नोभाक जोकोभिच पनि दोस्रो चरणमा उक्लेका छन् ।
यसैगरी स्पेनका डेभिड फेरर, फ्रान्सका गेल मोन्फिल्स, क्यानाडाका मिलोस राओनिक र साईप्रसका मार्कस बग्दातिस पनि दोस्रो चरणमा पुगेका छन् ।
उता महिलातर्फ स्विट्जरल्याण्डकी बेन्सीचलाई ६-४ र ६-३ को सोझो सेटमा हराँउदै अमेरीकाकी सेरेना विलियम्स दोस्रो चरणमा पुगेकी छिन् ।
महिला एकलकै अन्य खेलहरुमा विजयी हुँदै पोल्याण्डकी आग्नेस्का राड्वान्स्का, चेक गणतन्त्रकी प्लीस्कोभा, ब्रिटेनकी कोन्टा र वाट्सन तथा डेनमार्ककी क्यारोलिन वोज्नियाकी पनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्