३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


तेह्रथुममा बहुउदेश्यीय कबर्ड हल निर्माण हुने


0
Shares

जिल्ला खेलकुद विकास समितिले कबर्ड हल निर्माणका लागि नैनकुमार पयाङ्गोको अध्यक्षतामा ९ सदस्यीय कबर्ड हल निर्माण तथा उपभोक्ता समिति बनाई निर्माणको प्रक्रिया अघि बढाएको हो ।

सदरमुकाम म्याङलुङ्गस्थित जिल्ला खेलकुद विकास समितिको आफ्नै जग्गामा कबर्ड हल बनाउन चालु आर्थिक वर्षमा डिपीआर तयार पार्ने खेलकुद विकास समितिका अध्यक्ष केशवकुमार भट्टराईले बताए ।

गत फागुनमै शिलान्यास गरिएको हल बनाउन बल्ल निर्माण तथा उपभोक्ता समिति बनाइएको सचिव टिकाराम खुलालले जानकारी दिए ।