सशस्त्रलाई हराउँदै धरान आहा ! रारा गोल्डकपको क्वार्टरफाइनलमा

बुधबार प्रिक्वार्टरफाइनलमा सशस्त्र प्रहरीलाई १–० ले पराजित गर्दै धरानले अन्तिम आठमा ठाउँ पक्का गरेको हो ।
निर्धारित् ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको २० मिनेटको अतिरिक्त समयमा गोल गर्दै धरानले बाजी मारेको हो ।
खेलको १०५औं मिनेटमा वर्तमान राईको पासमा दीपक राईले गोल गर्दै धरानलाई सफलता दिलाएका हुन् ।