२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


मरे र फेडेरर अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा


0
Shares

विश्व नम्बर एक मरेले बुधबार रसियन खेलाडी एन्ड्रे रुब्लेभलाई ६–३, ६–० र ६–२ को सोझो सेटमा पराजित गर्दै तेस्रो चरणमा ठाउँ बनाएका हुन् । अब मरेको भिडन्त अमेरिकन खेलाडी शाम क्विरीसँग हुनेछ ।

त्यस्तै, चारपटकका च्याम्पियन पूर्वविश्व नम्बर एक फेडेररले अमेरिकन खेलाडी नोव रुबिनलाई ७–५, ६–३ र ७–६ ले हराउँदै तेस्रो चरणमा ठाउँ बनाएका हुन् ।

घुँडामा चोट लागेपछि फेडेरर गत वर्षदेखि नै कोर्टबाहिर रहँदै आएका थिए । १७औं वरीयता पाएका फेडेररले अब दशौं वरीयताका चेक खेलाडी टमस बर्डिजसँग खेल्नेछन् ।

त्यस्तै, चौथो वरीयताका वावरिंकाले अमेरिकन खेलाडी स्टेभ जोन्सनलाई ६–३, ६–४ र ६–४ ले तथा पाँचौं वरीयताका निशिकोरीले फ्रेन्च खेलाडी येरेमी चार्डीलाई ६–३, ६–४ र ६–३ ले पराजित गर्दै तेस्रो चरणमा ठाउँ बनाए ।

महिलातर्फ केर्वर र भेनस पनि तेस्रो चरणमा
महिलातर्फ साविक विजेता एन्जेलिक केर्वर तेस्रो चरणमा पुगेकी छन् ।

शीर्ष वरीयताकी जर्मन खेलाडी केर्वरले आफ्नै देशकी कारिना विथोप्टलाई ६–२, ६–७ र ६–२ ले पराजित गर्दै तेस्रो चरणमा ठाउँ बनाएकी हुन् ।

त्यस्तै, ३६ वर्षकी सबैभन्दा पाकी अमेरिकन खेलाडी भेनस विलियम्स पनि तेस्रो चरणमा पुगेकी छन् ।

१९ वर्षदेखि अष्ट्रेलियन ओपन खेलेपनि भेनसले उपाधि भने जितेकी छैनन् ।