२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


ओबामाले अन्तिम पत्रकार सम्मेलनमा भने: ‘नागरिक स्वतन्त्रताको पक्षमा लडिरहनेछु’


0
Shares

जबसम्म रुसले आफ्ना काममा सुधार गर्दैन तबसम्म उसमाथिको प्रतिबन्ध हटाउन नहुने उनले प्रष्ट गरे । यूक्रेनको सम्प्रभुतामाथिको अतिक्रमण जस्ता अक्षम्य काम रुसबाट भएको ओबामाको भनाइ छ ।

ह्वाइटहाउसमा आठ वर्ष बिताएपछि राष्ट्रपतिका रुपमा आफ्नो अन्तिम पत्रकार सम्मेलनमा ओबामाले भ्लादीमिर पुटिनले अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध कायम गरेको र यो शीत युद्ध जस्तै रहेको पनि उल्लेख गरे ।

ओबामाले आफू नागरिक स्वतन्त्रताको पक्षमा सधै आवाज उठाइरहने पनि प्रष्ट गरे । भोलि शुक्रवार जनवरी २० का दिन ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिँदै लिदैंछन् ।

जहां ५० जना सिनेटरले शपथ समारोह बहिष्कार गर्ने निर्णय गरेका छन् । ट्रम्पको अभिव्यक्ति र कार्यशैलीप्रति विरोध जनाउँदै डेमोक्रेट सिनेटरहरुले शपथ समारोह बहिष्कार गर्ने घोषणा गरेका हुन् । (एजेन्सी)