२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


लिभरपुल र साउथह्याम्पटन एफए कपको चौथो चरणमा प्रवेश


0
Shares

बुधबार राती भएको तेस्रो चरणको रि प्लेमा दोस्रो श्रेणीको क्लव प्लाईमाउथलाई १-० ले हराँउदै लिभरपुल चौथो चरणमा प्रवेश गरेको हो । खेलमा लिभरपुललाई विजयी गराउन लुकास लेईभाले निर्णायक गोल गरेका हुन् ।

एफ.ए कप अन्तर्गग राती भएको अर्को खेलमा नर्वीच सिटीलाई १-० ले हराँउदै साउथह्याम्पटन पनि चौथो चरणमा पुगेको छ ।

खेलमा साउथह्याम्पटनका लागि सेन लङले ईन्जुरी समयमा निर्णायक गोल गरे । एफ.ए कप तेस्रो चरणकै अर्को खेलमा बर्मीङ्घम सिटीलाई ३-१ ले हराँउदै न्युकासल युनाईटेड पनि चौथो चरणमा उक्लिएको छ ।