 
	    फाइल फोटो
नेपाल ट्रष्टले दिएको जानकारीअनुसार तत्कालीन राजा वीरेन्द्र, तत्कालीन रानी ऐश्वर्य, तत्कालीन युवराज दीपेन्द्र र निराजनको नाममा उक्त चल सम्पत्ति रहेको छ ।
यस्तै, सेयरतर्फ विभिन्न बैंक तथा संघ–संस्थामा दुई लाख ९५ हजार एक सय १२ कित्ता रहेको छ ।
नबिल बैंक लिमिटेडमा दुई लाख ५७ हजार ६४२ कित्ता, होटल डेला अन्नपूर्णमा ३० हजार ७२० कित्ता र इन्ड्रस्ट्रियल डेभलपमेन्ट बैंकमा ६ हजार ७५० कित्ता रहेको ट्रष्टका सहसचिव लेखबहादुर कार्कीले जानकारी दिए ।
यस्तै, ट्रष्टको नाममा किष्ट बैंकको खातामा ४८ हजार ४६६ पाउन्ड स्टर्लिङ र प्रभु बैंकको खातामा एक लाख ३८ हजार ६२६ अमेरिकन डलर रहेको ट्रष्टले जनाएको छ ।
ट्रष्टले तत्कालीन राजाको परिवारको नाममा हालसम्म २३ हजार रोपनी जग्गा फेलापारेको जनाएको छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्