Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक सुकुम्बासी पक्राउ


949
Shares

काठमाडौं

कीर्तिपुरको होल्डिङ सेन्टरबाट प्रहरीले एकजना लाई पक्राउ गरेकाे छ ।

होल्डिङ सेन्टरमा बस्दै आएका ३९ वर्षीय डम्बर बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई सार्वजनिक शान्ति विरूद्धको कसुरमा शनिबार नै नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

उनले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई लिएर नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ । उनलाई अहिले सिंहदरबार प्रहरी कार्यालयमा राखिएको छ। सुकुम्बासी मोर्चाहरूले उनको रिहाइको माग गरेका छन्।