विश्व नम्बर एक खेलाडी नै बाहिरिए अष्ट्रेलियन ओपनबाट • Image Khabar Image Khabar


विश्व नम्बर एक खेलाडी नै बाहिरिए अष्ट्रेलियन ओपनबाट


Imagekhabar
१० माघ २०७३, सोमबार ०७:१२

विश्व नम्बर एक खेलाडी नै बाहिरिए अष्ट्रेलियन ओपनबाट

पहिलो अष्ट्रेलियन ओपन जित्ने आशासहित कोर्टमा छिरेका मरे ५० औं वरियताका जर्मन खेलाडी मिसा भेरेभसँग ७–५, ५–७, ६–२ र ६–४ को सेटमा पराजित भएका हुन् ।

अब भेरेभले क्वार्टरफाइनलमा पूर्व विश्व नम्बर स्वीस खेलाडी रोजर फेडेररसँग खेल्नेछन् । फेडेररले पाँचौं विश्व वरियताका जापानिज खेलाडी केइ निशिकोरीमाथि संघर्षपूर्ण जित हासिल गर्दै अन्तिम आठमा ठाउँ बनाएका हुन् ।

फेडेररले खेल ६–७, ६–४, ६–१, ४–६ र ६–३ ले जितेका हुन् ।

त्यस्तै अर्का ब्रिटिश खेलाडी डान इभाँ पनि चौथो चरणबाटै बाहिरिएका छन् । इभाँलाई १२ औं वरियताका फ्रेन्च खेलाडी जो वेल्फ्रेड सोङ्गाले ६–७, ६–२, ६–४ र ६–४ ले पराजित गरेका हुन् ।

सोङ्गाले अब क्वार्टरफाइनलमा विश्व नम्वर चार स्वीस खेलाडी स्टानिस्लास वावरिङ्कासँग खेल्नेछन् ।

यता, महिलातर्फ ३६ वर्षीया अमेरिकी खेलाडी भेनस विलियम्स क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । सात पटककी ग्राण्डस्लाम विजेता भेनसले जर्मन खेलाडी मोना बार्थेललाई ६–३ र ७–५ ले पराजित गर्दैै अन्तिम आठमा ठाउँ बनाएकी हुन् । अब उनको भिडन्त रसियन खेलाडी एनास्तासिया पाभ्लियोचेन्कोसँग हुनेछ ।

२४ औं वरियताकी एनास्तासियाले आफ्नै राष्ट्रकी आठौं वरियताकी स्वेत्लाना कुज्नेत्सोभालाई ६÷३ र ६÷३ ले स्तव्ध पार्दै अन्तिम आठमा ठाउँ बनाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्