
भारतको युनाइटेड सिस्टर्स फाउन्डेसनले लेजर पोर्ट र शिभम ग्रुप होलिडेको सहकार्यमा पिंकाथन इन्डियाको फ्रेन्चाइजकोरुपमा नेपालमा यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
खेलकुदको माध्यमबाट महिलाको सु–स्वास्थ्य र स्तन क्यान्सरविरुद्ध जनचेतना वृद्धि गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको हो । प्रतियोगितामा महिलाहरुलेमात्र सहभागिता जनाउने छन् ।
दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको विभिन्न विधामा करिब ५ हजार महिलाले दौडिने आयोजकको विश्वास छ ।
प्रतियोगिताको ब्रान्ड एम्बेस्डर रहेका बलिउडका चर्चित मोडल मिलिन्ड सोमन प्रतियोगिताबारे जानकारी दिन काठमाडौं आएका छन् ।
प्रतियोगितामा तीन किलोमिटर, पाँच किलोमिटर, १० किलोमिटर तथा २१ किलोमिटर गरी कुल ४ विधामा प्रतिस्पर्धा हुनेछ ।
२१ किलोमिटर विधातर्फका विजेताले ५० हजार, दोस्रोले २० हजार तथा तेस्रोले १० हजार रुपैयाँ प्रात गर्नेछन् ।
यस्तै, १० किलोमिटरतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।
नेपाल एथ्लेटिक्स संघको सहकार्यमा आयोजना हुने प्रतियोगिता अन्तर्राष्ट्रिय एथ्लेटिक्स संघको नियमअनुसार सन्चालन हुने आयोजकको भनाइ छ ।
पिंकाथनको नेपाल च्याप्टर प्रमुख नमराज जोशीले नेपाली महिला सशक्तिकरणको अभियानमा प्रतियोगिताले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्