फेडेरर र भेनस विलियम्स अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा • Image Khabar Image Khabar


फेडेरर र भेनस विलियम्स अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा


Imagekhabar
१२ माघ २०७३, बुधबार ०७:४६

फेडेरर र भेनस विलियम्स अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा

३५ वर्षीय चार पटकका च्याम्पियन फेडेररले विना वरियताका जर्मन खेलाडी मिस्छा भेरेभलाई पराजित गर्दै अन्तिम चारमा ठाउँ बनाएका हुन् ।

१३ औं पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुग्ने क्रममा फेडेररले कोर्टमा ९२ मिनेटमात्र समय खर्चेर खेल ६-१, ७-५ र ६-२ ले जिते ।

१८ औं ग्राण्डस्लामको उपाधि जित्ने अभियानमा रहेका फेडेररले सेमिफाइनलमा आफ्नै राष्ट्रका स्टानिस्लास वावरिङ्कासंग खेल्नेछन् ।

चौथो वरियताका वावरिङ्काले क्वार्टरफाइनलमा फ्रेन्च खेलाडी जो वेल्फ्रेड सोङ्गालाई ७-६, ६-४ र ६-२ ले हराए ।

यता, महिलातर्फ सबैभन्दा बढी उमेरकी ३६ वर्षीया अमेरिकन खेलाडी भेनस विलियम्स सेमिफाइनलमा पुगेकी छिन् ।

१९ वर्षदेखि अष्ट्रेलियन ओपन खेलेकी भेनसले सन् २००३ पछि पहिलो पटक सेमिफाइनलमा पुग्ने क्रममा रसियन खेलाडी एनास्तासिया पाभ्लुचेन्कोभालाई ६-४ र ७-६ ले हराइन् ।

अब भेनसको भिडन्त आफ्नै राष्ट्रकी विना वरियताकी खेलाडी कोको भान्डेवेगेसंग हुनेछ । कोकोले क्वार्टरफाइनलमा सातौं वरियताकी स्पेनिश खेलाडी गार्बीने मुगुरुजालाई ६-४ र ६-० ले हराएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्