आगलागीका कारण लालिगुराँसले ढाकेको वन क्षेत्र सखाप, घर पनि जल्यो • Image Khabar Image Khabar


आगलागीका कारण लालिगुराँसले ढाकेको वन क्षेत्र सखाप, घर पनि जल्यो


Imagekhabar
१२ माघ २०७३, बुधबार १२:०१

आगलागीका कारण लालिगुराँसले ढाकेको वन क्षेत्र सखाप, घर पनि जल्यो

गत सोमबार दिउँसोबाट पाथिभरा क्षेत्रको भित्री देउराली सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

आगलागीका कारण लालिगुराँसले ढाकेको ठूलो वन क्षेत्र जलेर नष्ट भएको सामुदायिक वनका सचिव पासाङरिता शेर्पाले बताए ।

समुदायको प्रयासले मात्रै आगो निभाउन सम्भव नभएपछि बुधवार दिउँसोदेखि सदरमुकामबाट प्रहरी र सेनाको टोली पनि आगो निभाउन खटिएको छ ।

सोमबार दिउँसो तीन बजेबाट सुरु भएको आगलागीको कारण भने खुलेको छैन ।

यसैबीच, ताप्लेजुङको नाल्बुमा एक घरमा आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ ।

नाल्बु–९ का सुम्बा शेर्पाको दुई तले घरमा अचानक आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्