आज सोनाम ल्होसार धुमधाम मनाईंदै, राष्ट्रपतिले दिइन शुभकामना • Image Khabar Image Khabar


आज सोनाम ल्होसार धुमधाम मनाईंदै, राष्ट्रपतिले दिइन शुभकामना


Imagekhabar
१५ माघ २०७३, शनिबार ०९:४८

आज सोनाम ल्होसार धुमधाम मनाईंदै, राष्ट्रपतिले दिइन शुभकामना

मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने गरिन्छ ।

बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ ।

यस वर्ष बौद्ध स्तुपको चार ढोका खुल्ने अवसर परेकाले पनि सोनाम ल्होसार विशेष रुपमा मनाइंदैछ ।

स्तुप निर्माणको काम चरा वर्षका दिन शुरु भई १२ वर्षपछि चरा वर्षमै सकिएकाले बौद्धका चार ढोका खोलिने र दर्शनार्थीलाई चारै ढोकाबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

यस अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना पनि गरेको छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिनेछ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले यस अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलाई सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।

आपसी मनोरञ्जन र खुशी साटासाट गरी मनाइने यस पर्वले हामीबीच बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न मद्दत पु¥याउने उनले भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्