२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सेतीनदी किनारमा जिप खस्यो, एकको मृत्यु, पाँचजना घाइते


0
Shares

मृत्यु हुनेमा रिलु गाविस–८ का ४६ वर्षीय लालसिंह बोहरा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चैनपुरबाट रुपातोला जान लागेको से१ज ५६२ नम्बरको जिप सडकबाट झन्डै १५० मिटर तल सेतीनदीको किनारमा खसेको थियो ।

सो दुर्घटनामा मेलबिसौना गाविस–५ का ३३ वर्षीय ललित सिंह, रिलु गाविस–४ का ११ वर्षीय देव बोहरा र १४ वर्षीया सुशीला बोहरा तथा रिलु गाविस–१ का १५ वर्षीया शिल्पा बोहरा घाइते भएका छन् ।

घाइते सबैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

जिप चालक देवराज बोहरा प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए । रासस