बेलायतमा ईयूबाट बाहिरिने प्रक्रियालाई निरन्तरता, तीन दल भने विपक्षमा • Image Khabar Image Khabar


बेलायतमा ईयूबाट बाहिरिने प्रक्रियालाई निरन्तरता, तीन दल भने विपक्षमा


Imagekhabar
२० माघ २०७३, बिहीबार ०७:०७

बेलायतमा ईयूबाट बाहिरिने प्रक्रियालाई निरन्तरता, तीन दल भने विपक्षमा

ईयूसँग चलिरहेको बे्रक्जिट प्रक्रियालाई अगाडि बढाउने नबढाउने भन्ने सम्बन्धमा सरकारले ल्याएको युरोपियन युनियनसम्बन्धी विधेयकमा ३८४ जना सांसदले प्रक्रिया निरन्तर राख्न मत दिए भने ११४ जनाले विपक्षमा मत हालेका थिए । 

जसलाई विपक्षी लेबर पार्टीले पनि समर्थन गरेको छ । लिबरल डेमोक्रेटसहितका तीन दलले भने विधेयकको विपक्षमा मत दिएका थिए भने लेबर पार्टीका ४७ जना र सत्तारुढ टोरीका पूर्व चान्सलर क्लेन क्लार्कले भने विपक्षमा भोट हालेका थिए ।

गएको हप्ता हाउस आफ कमन्समा फिर्ता आएको विधेयकमा अत्यधिक बहुमत मिलेको हो । गत जुनमा भएको जनमत संग्रहमा झिनो मतान्तरले युरोपेली युनियनबाट बाहिरिनुपर्छ भन्नेहरुको बहुमत आएको थियो ।

उक्त परिणामपछि प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएका थिए र थेरेसा मे नयाँ प्रधानमन्त्री चुनिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्