
ढुंगा लिन महाकाली नदीतर्फ गइरहेको से १ त ४७५२ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा दार्चुला लाली घर भई हाल भीमदत्तनगरपालिका–१२ ऐरीमा बस्दै आएका धर्मानन्द भट्टको मृत्यु भएको हो ।
ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक गोविन्द चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्