Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


छोरी प्रेममा फस्ने डरले स्कुल जान रोक


0
Shares

पछि गाउँका अगुवा र सामाजिक परिचालकले सम्झाइ बुझाइ गरेपछि मात्र अभिभावक आफ्ना छोरीलाई विद्यालय पठाउन राजी भएको स्थानीय किशोरी सुशिला शर्मा बताउँछिन् ।

‘स्कुल पढ्दै गरेका किशोरीले अभिभावकको मञ्जुरी बिना आफैं प्रेम विवाह गरेर गाउँ छाड्न थालेपछि हाम्रो गाउँका अभिभावक पनि आफ्ना छोरीलाई विद्यालय पठाउन नै मान्दैनन्,’ पर्सा डकैला बहुअरीकी किशोरी उमिता यादव भन्छिन्, ‘जति सम्झाए पनि उनीहरु मान्दै मान्दैनन् ।’

सुशीला र उमिता दुवै गैरसरकारी संस्था अस्मान नेपालले सञ्चालन गरेको ‘बहिनी शिक्षाका लागि दिदी’ नामक कार्यक्रममा ठूली दिदी (सामाजिक परिचालक) का रुपमा कार्यरत किशोरीहरु हुन् ।

उमेर पुगेर पनि विद्यालयको पहुँच बाहिर रहेका र पढ्दा–पढ्दै विविध कारणले बीचमै विद्यालय छाडेका बालिका र किशोरीलाई लक्षित गरेर अस्मान नेपालले पर्साको वीरगन्ज उपमहानगरपालिका, पोखरीया नगरपालिका र विभिन्न आठवटा गाविसमा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम ४ वर्षदेखि सञ्चालन गरिरहेको छ ।

अस्मान नेपालले बहिनी शिक्षाका लागि दिदी कार्यक्रमबारे बिहीबार वीरगन्जका संचारकर्मीसँग गरेको अन्तरक्रियामा सहभागी किशोरीले आफ्नो अनुभव सुनाउने क्रममा विद्यालय पढ्दै गरेका बालिका र किशोरीले प्रेम विवाह गर्ने प्रबृत्ती बढेपछि अभिभावकहरुले आफ्ना छोरीहरुलाई विद्यालय नपठाई घरमा राख्ने गरेको बताएका हुन् ।

अन्नपूर्ण पोस्ट दैनिकबाट