
शुक्रबार ललितपुरमा भएको विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्जको बैठकमा आर्थिक–समाजिक विकासमा पनि विपद्को जोखिम चुनौतीपूर्ण रहेको भन्दै यसका लागि सबैको समन्वयबाट सरकार अघि बढ्न तयार रहेको बताए ।
उनले भूकम्प मापन केन्द्रको स्तरोन्नति गर्ने बताउँदै तीनैओटा सुरक्षा निकायलाई विपद्मा उद्धारका लागि साधनसम्पन्न बनाउने पनि बताए ।
कार्यक्रममा गृह मन्त्रालयले तयार गरेको ‘गोरखा भूकम्प २०७२’को अनुभव र सिकाइ प्रतिवेदन पुस्तक पनि उनले सार्वजनिक गरेका थिए ।
देशका सम्पूर्ण गाविस तथा नगरपालिकाहरुमा स्थानीय विपद् व्यवस्थापन समिति तत्काल गठन गरी योजनाहरु कार्यान्वयन हुनुपर्नेमा प्रतिवेदनले सुझाव दिएको छ ।
स्थानीयस्तरमा रहेका खोज तथा उद्धार टोलीलाई तालिम प्रदान गरी सुरक्षा निकायहरुसँग संयुक्त अभ्यास हुनुपर्नेमासमेत जोड दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्